कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा



काठमाडौं । रन लामाको निर्माणमा कमेडी वेब सिरिज ‘किच किच’ प्रशारणमा आएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर वेब सिरिज ‘किच किच’ को बारेमा जानकारी दिइएको हो । खेमनाथ खनालको निर्देशन रहेको किच किच प्रत्येक बिहिबार रन लामा युटुब च्यानलमा प्रशारण हुनेछ ।

सामाजिक कथाबस्तुलाई कमेडी शैलीमा निर्माण गरिएको सिरिजले दर्शकको माया पाउने निर्माण टिमको विश्वास छ ।
वेव सिरिजमा इन्द्रजित शर्मा चौलागाई, रन लामा, तुलसा पहाडी, आकृति न्यौपाने, निरंजन दंगाल, रमेश पराजुली, अनु खड्का, सुशील एस मगर, रोनिशा अधिकारी, अन्जली बिसी लगायतको अभिनय छ ।


शीर्ष गीतका डिपी खनालको शब्द, मानशी किरणको संगीत र स्वर साथमा गंगा गजमेरको पनि स्वर सुन्न सकिन्छ । दिनेश पराजुलीको छायांकन रहेको सिरिजलाई संजय अधिकारी सम्पादन गरेका हुन् ।
सामाजिक कथालाई फरक शैलीमा कमेडीमा प्रस्तुत गरिएको किचकिचलाई दर्शकले मनपराउनेमा विश्वस्त रहेको निर्देशक खेमनाथ खनालले बताए ।