काठमाडौं । एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ । किर्तिपुरस्थित त्रिवि मैदानमा वर्षाले प्रभावित सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो ।
मलपानी मैदानमा भएको ओमान र यूएईबीचको अर्को सेमिफाइनलमा खेल पनि वर्षाले प्रभावित भएपछि यूएई डिएलएस मेथडमा २ रनले विजयी हुँदै फाइनलमा पुग्यो ।
पहिले ब्याटिङ गरेको युएई ४ बल खेल्न बाँकी छँदा २३६ रनमा अलआउट भयो । २३७ रनको लक्ष्य पछ्याएको ओमानले ४३ ओभरमा ६ विकेटको क्षतिमा १९० रन बनाउँदा खेल वर्षाले रोकिएको थियो । अब उपाधिका लागि यूएई र नेपालबीच आगामी सोमबार कीर्तिपुर मैदानमा खेल हुनेछ ।
यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । एसिया कपमा छनोट भएको टिमले भारत र पाकिस्तान सम्मिलित समूहमा प्रतिस्पर्धा गर्नेछ ।