एकैदिन प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य 



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ९ हजार रुपैयाँ कायम भएको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी, आज चाँदीको मूल्य १० रुपैयाँ बढेको छ । चाँदी आज प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।