आकाशमै आगो लागेको जहाजमा १६९ यात्रु रहेको पुष्टि



काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको (फ्लाइ दुबई)को १६९ जना यात्रु रहेको पुष्टि भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार प्राविधिक समस्या देखिएर आकाशमै आगो लागेको जहाजमा १२० विदेशी र ४९ जना नेपाली रहेका छन् ।

दुबईका लागि त्रिभुवन विमानस्थलबाट उड्ने बित्तिकै प्राविधिक समस्या आएको जहाजमा आगोको झिल्कासहित आकाशमै विस्फोटको आवाज सुनिएको थियो । उक्त्त जहाज अहिले पनि आकाशमै रहेको र विमानस्थलमा अवतरण गराउने प्रयास भइरहेको छ।