हैदराबादलाई हराउँदै चेन्नई तेस्रो स्थानमा



एजेन्सी । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग ९आइपिएल० २०२३ को २८ औं खेलमा सनराइजर्स हैदराबादलाई ७ विकेटले हराएको छ । ओपनर डेभन कन्वेको अर्धशतक र रविन्द्र जडेजाको उत्कृष्ट बलिङको सहयोगमा चेन्नई सुपर किंग्सले जित निकालेको हो ।

चौथो जितसँगै महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नईले प्लेअफ सम्भावना बलियो बनाउँदै अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । जितको लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको चेन्नईले १८।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।


चेन्नईको जितमा डेभन कन्वे ५७ बलमा १२ चौका र १ छक्कासहित ७७ रनमा अविजित रहे । अर्का ओपनर ऋतुराज गायकवाड ३० बलमा २ चौकासहित ३५ रनमा आउट भए ।

पहिलो विकेटका लागि ऋतुराज र कन्वेले ११ ओभरमा ८७ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । अजिंक्या रहाणे र अम्बाती रायुडू समान ९ रनमा आउट भए । मोईन अली ६ रनमा अविजित रहे । हैदराबादका स्पिनर मयंक मारकान्डेले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३४ रन बनायो । हैदराबादका अभिषेक शर्माले २६ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाए । ओपनर ह्यारी ब्रुक १८, राहुल त्रिपाठी २१, एडेन माक्ररम १२, हेनरिक क्लासेन १७ र मयंक अग्रवाल २ रनमा आउट भए ।

चेन्नईका रविन्द्र जडेजाले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । आकाश सिंह, महेश थिक्सेना र मथिसा पाथिरानाले समान एक विकेट लिए ।

चेन्नई ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । समान खेल र नजिजाका साथ ८ ९ ८ अंक भएपनि नेटरनरेटको कारण राजस्थान शीर्ष र लखनऊ दोस्रो स्थानमा छन् । हैदराबाद भने ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ नवौं स्थानमा छ ।