काठमाडौं । सिक्किममा हिमपहिरोमा परी तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरो परी चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको मृत्यु भएको सिक्किम सरकारले जनाएको छ ।
नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन् । त्यस्तै हिमपहिरोमा परी चार भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये छन् ।