सांसद भण्डारीको स्वास्थ्य सामान्य हुँदै



प्रेमसिंह जनाला, मुम्बई ।
मुम्बईको नेशनल बर्न सेन्टरमा उपचाररत सांसद डा चंन्द्र भण्डारीको स्वास्थ्य सामान्य हुदै आएको छ। उनको अनुहार कुनै सर्जरी गर्नु परेन । दुमै हात र खुट्टामा तीनपटक सर्जरी भएको र अहिले ड्रेसिङ जारी रहेको जानकारी उनका दाजु मीन भण्डारीले जानकारी दिए । स्वास्थ्यमा निरन्तर सुधार आएको छ ।

दाजु मीन भण्डारीले भने, ‘अहिले स्वास्थ्य सामान्य हुँदै गएकोमा आफंन्त परिवारजन हितैषी मित्रहरुलाई सांसद डा भण्डारीलाई भेट्न सकिन्छ ।’


सांसद डा भण्डारीलाई शिवसेना नेपालका सम्पर्क प्रमुख अशोकसिंह नेपाली, मुम्बईका चिरपरिचित समाजसेवी, व्यवसायी प्रेमसिंह टमट्टा, न्युज नेपाल टीभी मुम्बई संवाददाता प्रेमसिंह जनालाले भेट गरेका थिए । उनको स्वास्थ्यसम्बन्धी जानकारी लिँदै शिध्र स्वास्थ्यलाभको शुभ–कामना दिए । उनको अझै केही दिनपछि डिस्चार्ज हुने दाजु मीन भण्डारीले बताए ।