सदनमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको विभिन्न समयमा सांसदले राखेको जिज्ञासा तथा प्रश्नको जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखले रुलिङ गरेका हुन् ।

“विगतका बैठकदेखि अहिलेसम्म शून्य, विशेष र अन्य समयमा सांसदले जनसरोकारका विविध विषयमा कुरा उठाइरहनुभएको छ”, सभामुख घिमिरेले भने, “प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम २ तर्फ सरकारको ध्यानाकर्षण गराउँदै अहिलेसम्म उठेका प्रश्नहरुको जवाफ दिन निर्देशित गर्दछु ।”