काठमाडौं । वैदेशिक रोजगार विभागले विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित तथा ठगी नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउने गरी छुट्टाछुट्टै तीन वटा अनुगमन समिति गठन गरी परिचालन गरेको जनाएको छ ।
विभागले एक प्रेस विज्ञप्ति प्रकाशित गरी विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारी सदस्य रहने गरी अलगअलग तीन वटा अनुगमन समिति बनाइएको जनाएको छ ।
उक्त अनुगमन समितिले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायकलगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायको अनुगमन गर्नेसमेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पु¥याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।’