रवि र स्वर्णिमले लिए सांसदको शपथ, उपेन्द्र यादव अनुपस्थित



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय रवि लामिछाने र स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरुलाई प्रतिनिधिसभा कानुन समितिको हलमा आज विहान सभामुख देवराज घिमिरेले शपथ गराएका हुन् ।


उपनिर्वाचनमा निर्वाचित अर्का संसद् उपेन्द्र यादव भने शपथ समारोहमा अनुपस्थित रहे । उनी बारामा रहेकोले उनी शपथमा सहभागी नभएका हुन् । 

यही वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा २ बाट उपेन्द्र यादव, चितवन २ बाट रवि लामिछाने र तनहुँ १ बाट स्वर्णिम वाग्ले निर्वाचित भएका थिए ।