काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ८ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ १४ पैसा र बिक्री दर १३१ रुपैयाँ ७४ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १४३ रुपैयाँ ८९ पैसा र बिक्री दर १४४ रुपैयाँ ५५ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ १५ पैसा र बिक्री दर १६३ रुपैयाँ ९० पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
कुन देशको मुद्राको दर कति ?