काठमाडौँ। चितवन–२ र बारा–२ को मतगणना तारजाली भित्र गरिने भएको छ। मतदानको क्रममा विवाद देखा परेका बारा–२ र चितवन–२ काे मतगणना तारजाली भित्र गर्न लागिएको हो।
आन्तरिक सुरक्षाका कारण देखाउँदै दुवै निर्वाचन कार्यालयले दुवै क्षेत्रको मतगणनास्थलमा तारजाली लगाएको छ। बाराकाे मतगणनास्थलमा बाँसले घेरेर तारजाली लगाइएकाे छ भने चितवनमा फलामे घेराबन्दी गरिएकाे छ।
बारा–२ मा जनता समाजवादी पार्टी नेपालले धाँदली गर्न खोजेको आरोप जनमत पार्टीले लगाएको थियो भने चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले हिजो बस्ने भनिएको सर्वदलिय बैठक अस्विकार गरेको थियो।
दुवै निर्वाचन क्षेत्रमा देखा परेको असामान्य स्थितिपछि मत गणनालाई सहज र व्यवस्थित बनाउन तारजाली लगाउनु परेको मुख्य निर्वाचन अधिकृतका कार्यालयले जनाएका छन्।