काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई/मधेस द्रुत मार्गको निरीक्षण अवलोकन गरेका छन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले द्रुत मार्गका विभिन्न क्षेत्रमा निर्माण भइरहेका खण्डहरुमा पुगी अवलोकन गरेका हुन् ।
प्रधानमन्त्रीका साथमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायातमन्त्री प्रकाश ज्वाला, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव शंकरदास वैरागी, सचिवहरु र नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मासमेत अवलोकनमा सहभागी भएका थिए।
त्यसक्रममा टोलीले महादेवटार र लेनडाँडाको सुरुङ्गमार्ग निर्माणस्थल तथा राजमार्गको ट्रयाकको अवलोकनसमेत गरेको थियो ।