काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्व अयोग्य लडाकुलाई रोजगारी दिन सुझाएका छन् । उनले सामाजिक सञ्जालमार्फत मुलुकको ढुकुटीमा पैसा नभएर सरकारी कर्मचारीलाई तलब र पूर्व शिक्षकहरूको पेन्सन दिन समेत नसकेको अवस्थामा पूर्व अयोग्य लडाकुलाई पैसा दिनुभन्दा रोजगारी दिनु उपयुक्त हुने सुझाएका हुन् ।
कोइरालाले माअोवादी नेतृत्वको सरकारको यस्ता कामको विरोध गर्दै सचेत रहनुपर्ने बताए । उनले पूर्व लडाकुलाई पैसाभन्दा रोजगारी दिन सुझाएका छन्।
‘बिगतमा क्यान्टोन्मेन्टमा भएका लडाकुका लागि लिएको पैसाको हिसाव किताव वुझाउन नसक्नु, द्वन्दकालीन समस्या समाधानमा आनाकानी गर्दै लम्ब्याउनु तथा ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीहरुको तलब र पूर्वशिक्षकहरुको पेन्सन दिन समेत नसक्ने अवस्थाको सरकारले पूर्व अयोग्य लडाकुको नाममा पैसा बाँढ्ने कार्य स्वीकार्य हुनै सक्दैन,’ उनले लेखेका छन्।