काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँंटा राष्ट्रिय निकुञ्ज क्षेत्रको नरभक्षी बाघलाई नियन्त्रणमा लिई आज साँझ सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको छ ।
निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको सहयोगमा आज साँझ ५ः३० बजे उक्त बाघलाई सदर चिडियाखाना, जावलाखेलमा ल्याइपुर्याइएको चिडियाखाना प्रशासनले जनाएको छ । उद्धार गरी सदर चिडियाखानामा ल्याइपुर्याएको सो बाघलाई बाघ खोरको होल्डिङ कोठामा राखिएको छ ।
यही वैशाख ८ गते कञ्चनपुर, बेलौरी नगरपालिका–८ पचुई गाउँ क्षेत्रमा पर्ने खप्टी नालामा बिहान करिब १० बजेको समयमा स्थानीय छ÷सात महिला घाँस काटिरहेको समयमा ४२ वर्षिया गंगादेवी चन्दलाई उक्त बाघले एक्कासि आक्रमण गरेको थियो ।
अन्य महिला भाग्न सफल भई उद्धारका लागि कुण्डा सव डिभिजन वन कार्यालयमा खबर गरेपश्चात आक्रमणमा परेकी महिलाको उद्धार र बाघ नियन्त्रण कार्यमा डिभिजन वन कार्यालय कञ्चनपुर, निकुञ्ज कार्यालय ९हात्ती सहित०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, कोषको शुक्लाफाँटा संरक्षण कार्यालयलगायतका निकाय क्रियाशील भएका थिए ।
सो दिनको उद्धार कार्यका क्रममा राति अबेर ११ः३० बजेसम्म चले पनि रातको समय र सिमसार क्षेत्रको दलदले जमिनमा उद्धार गर्नुपर्ने कठिनाइका कारण सम्भव हुन नसके पनि पुनः वैशाख ९ गते बिहान ६ बजे चार वटा हात्तीसहित उद्धार कार्य पुनः सुचारु गरिएको थियो । उक्त दिनको खोजी कार्यमा बिहान ७ः५५ बजे शुक्लाफाँटा र बर्दिया राष्ट्रिय निकुञ्जका पशु चिकित्सक र प्राविधिक तथा कोषका प्राविधिकसहितको टोलीले डार्ट गरी बाघलाई नियन्त्रणमा लिन सफल भएको थियो ।