थप १०३ जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९२५ जनामा गरिएको कोरोना परीक्षणमा आरटी पिसिआर विधिबाट ६२७ र एन्टिजेन विधिबाट १२९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 


योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ । यति बेला ५३ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । 

यस्तै, सङ्क्रमितमध्ये १ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ८ जना आइसियुमा छन् ।