तनहुँ । नेकपा एमालेका नेता सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् । पुवै डिआजीसहेत रहेका खनालले बैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् । १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।
यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।