चलचित्र ‘प्रसाद २’ रिलिजका लागि बाटो खुल्याे



काठमाडाैं । नेपाली चलचित्र ‘प्रसाद २’ रिलिजका लागि बाटो खुलेको छ । रिलिज रोक्न केशव पाण्डेले गरेकाे मागमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै रिलिजका लागि बाटो खुलेकाे हाे ।

न्यायाधीश राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले केशव पाण्डेले निर्माता सुवास थापासँग भएको करार कार्यान्वयनका लागि छुट्टै कानुनी बाटो अपनाउन सक्ने देखिएको तथा निर्माण सम्पन्न भइसकेको चलचित्रको प्रदर्शन रोक्नु उपयुक्त नदेखिएको निष्कर्ष निकालेको हो ।