काठमाडौँ । सर्वोच्चको फैसलाबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्मा पेस गर्ने नौ दलले निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नौ दलको संयुक्त बैठकले शान्ति सम्झौता र संविधानको भावना अनुसार नै शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नु पर्ने निष्कर्ष निकालेको हो ।
गठबन्नधले पछिल्लो समय संविधान विपरीत भइरहेको गतिविधविरुद्ध बैठकमा ध्यानाकर्षण भएको यो व्यवस्था र संविधानका विरुद्धमा भइरहेका गतिविधिहरुलाई निरुत्साहित गर्नुपर्ने निर्णय समेत गरेको छ ।
निर्णयमा भनिएको छ, ‘द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक सम्मानित सर्वोच्च अदालतको फैसला बमोजिम कानून बन्ने गरी संसदको यसै अधिवेशनबाट पूरा गरिने छ ।’