काठमाडौँ । अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषावकरसँग सम्बन्धविच्छेद नै नगरी अंश मुद्धा हालेकी छन् । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध अंश मुद्दा दायर गरेकी हुन् ।
केही वर्षको प्रेमपछि निशा र शरद २०७४ सालमा विवाह बन्धनमा बाँधिएका थिए । उनीहरुका एक सन्तान छन् ।
गत भदौ २८ गते निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध मुद्दा दायर गरेकी थिइन । उक्त अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।
अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् ।
२०७४ सालमा यी दुईले विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । हाल निशा नेपालमै छिन् ।
सम्बन्धविच्छेद नगरिकन पनि श्रीमतीले अंश माग गर्न सक्ने कानूनी प्रावधान अनुसार निशाले शरदविरुद्ध अंश मुद्धा दायर गरेकी हुन् ।