वीरगञ्ज महानगरपालिकाद्वारा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन सुरु



पर्सा । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर टहरा हटाउन थालेको छ  ।

महानगरपालिकालले  वीरगञ्ज– १० आदर्शनगरस्थित बाल उद्यानको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनालाई मङ्गलबार साँझदेखि भत्काउन सुरु गरेको हो । माइराम पोखरी क्षेत्रको चार बिघा भन्दाबढी जग्गालाई  खाली गराउन थालेको महानगरपालिकाले जनाएको छ ।  


महानगरपालिकाले सो क्षेत्रका घर तथा टहरा भत्काउन थालेपछि  स्थानीयवासीले विरोध गरेका छन्  । पहिलेको माइराम पोखरी रहेको जग्गामध्ये १८ कठ्ठा क्षेत्रफलमा चार वर्ष अगाडि महानगरपालिकाले बाल उद्यान निर्माण समेत गरेको थियो ।