लोसपा, जनमत र नाउपाले कार्यगत एकता गर्ने



काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनलाई लक्षित गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी एवं नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकता भएको छ । तीन पार्टीले शनिबार आपसी समझदारीको आधारमा कार्यगत एकताको निम्ति सहमति गरेका हुन् ।

सहमति पत्रमा तीनवटै दलका अध्यक्षले हस्ताक्षर गरेका छन् । तीन दलको सहमतिले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)विरुद्ध मोर्चाबन्दीको सन्देश दिएको छ ।


उपराष्ट्रपति निर्वाचनका लागि जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ । जसपाबाट दुईजनाले उम्मेदवारी दिएका छन् । लोसपा, नागरिक उन्मुक्ति पार्टीको समर्थनमा जनमतकी ममता झाले उपराष्ट्रपतिका लागि उम्मेदवारी दिएकी छन् ।

यद्यपि, नागरिक उन्मुक्ति र जनमत पार्टी पनि १० दलीय गठबन्धनमा सहभागी छन् ।