राष्ट्रपति निर्वाचनमा दुई थरी मतपत्रको व्यवस्था (नमुना पत्रसहित)



काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि नमूना मतपत्र सार्वजनिक गरेको छ । जसमा संघीय सांसद( प्रतिनिधिसभा र राष्ट्रियसभा)का लागि रातो र प्रदेश सांसदका लागि हरियो मतपत्र व्यवस्था गरिएकाे छ ।

राष्ट्रपति निर्वाचनमा प्रतिनिधिसभा, राष्ट्रियसभाका सांसद र प्रदेशसभाका सदस्य मतदाता हुन्छन्।


आज हुने राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दाल नेकपा एमालेका उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।