रामचन्द्र पौडेलद्वारा राष्ट्रपति पदको शपथ



काठमाडौँ । राष्ट्रपति पदमा निर्वाचित रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन् ।

त्यक्रममा नेपाली सेनाको टुकडीले राष्ट्रपति पौडेललाई २१ तोपको सलामी पनि अर्पण गरेको थियो । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।


पौडेल फागुन २५ गते सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनको कार्यकाल ५ वर्षको हुनेछ ।