राष्ट्रपतिबारे निर्णय लिन राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

राष्ट्रपति निर्वाचनका बारेमा कस्लाई मत दिने भन्नेलगायतका विषयमा निणर्य गर्नका लागि बैठक बोलाइको हो । बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा १ बजे बस्नेछ ।


‘राष्ट्रपतिको निर्वाचनका बारेमा पनि बैठकमा छलफल हुनेछ,’ प्रवक्ता मोहन श्रेष्ठले भने । उनका अनुसार बैठक समसमायिक राजनीतिक विषयमा छलफल भएर निष्कर्षमा पुग्नेछ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिदैँ सरकारबाट बाहिरिएको राप्रपाले सोही गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललगायतसँग गठबन्धनमा आवद्ध नेताहरुसँग यसअघि नै छलफल गरिसकेको छ ।

आफनो पार्टीसँग मत माग्न आएका पौडेललगायतका गठबन्धन आबद्ध राजनीतिक दलसँग सोमवार साँझ छलफल गरेको राप्रपाले आज नै निर्णय लिएर फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका बारेमा निक्र्यौल गर्नेछ ।