‘युरोपेली बैंकहरू अत्यन्तै बलिया छन्’



पेरिस । युरोपेली बैंकहरूको अवस्था अमेरिकी ऋणदाताहरूको जस्तो नभएको फ्रान्सको केन्द्रीय बैंक प्रमुखले बताएका छन् । अमेरिकामा देखिएको बैङ्किङ सङ्कटको त्रासका बीच उनले शुक्रबार सो टिप्पणि गरेका हुन् ।

उनले भने, ‘यस क्षेत्रका बैंकहरू अत्यन्तै ठोस आकारमा छन् । दुई अमेरिकी ऋणदाताहरूको असफलताले यस क्षेत्रमा सङ्क्रामक स्थिति सृजना हुने डर बढाएको छ । समस्याग्रस्त युरोपेली बैंकिङ विशाल क्रेडिट सुइसले स्विस केन्द्रीय बैंकबाट ४ ५४ अर्बसम्म ऋण लिनु परेको छ ।’


युरोपेली केन्द्रीय बैंकको गभर्निङ काउन्सिलका सदस्य फ्रान्कोइस भिलेरोय डे गाल्हाउले बीएफएम बिजनेस टेलिभिजनलाई अन्तर्वार्ता दिँदै सो टिप्पणी गरेका हुन् । ‘फ्रान्सेली र युरोपेली बैंकहरू अत्यन्तै बलिया छन्, अमेरिकी बैंकहरू जस्तो स्थितिमा छैनन्’ उनले भने ।