काठमाडौँ । भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेर आएको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई १५–१५ दिनमा मूल्य सूची पठाउने प्रावधान अनुरुप नयाँ सूची पठाएको हो । जसअनुसार ग्यासको मूल्यमा उच्च वृद्धि भएर आएको निगमले जनाएको छ । योसहित ग्यासमा प्रतिसिलिण्डर ६३५ रुपैयाँ नोक्सान रहने निगमले जनाएको छ ।
डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ । यसअनुसार डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा, पेट्रोलमा १ रुपैयाँ २१ पैसा, मट्टितेलमा ३ रुपैया ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ ।