नेविसंघका श्यामराज त्रिवि केन्द्रीय क्याम्पसको सभापति निर्वाचित



काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्यामराज ओझा विजयी भएका छन् ।

आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझाले ९३२ मत प्राप्त गरी स्वतन्त्र विदार्थी युनियनको सभापति निर्वाचित भएका हुन् ।