नेपाली क्रिकेट टोली स्वदेश फर्कियो



काठमाडौँ । आईसीसी विश्वकप लिग टू अन्तर्गतको सिरिजमा सहभागी हुन यूएई गएको नेपाली टोली आज स्वदेश फर्केको छ । लिग टू सिरिजको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेलेर नेपाली टोली स्वदेश आज स्वदेश फर्केको हो ।

यूएई भ्रमणका क्रममा खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको नेपालले पपुवा न्यु गिनी (पीएनजी) र घरेलु टोलीसँग समान २ र २ खेल खेलेको थियो ।


नेपालले पीएनजीसँगको दुई नै खेल तथा घरेलु टोलीसँगको एक खेल जितेको थियो ।