काठमाडौँ । सरकारले भारतीय तरकारीको विषादी जाँच प्रस्ताव फिर्ता भएको स्वीकार गर्दै पुनः पेस गर्ने जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्ति जारी गरी पुनः प्रस्ताव लैजाने प्रतिबद्धता जनाएको हो ।
मन्त्रालयले तरकारीको गुणस्तर सम्बन्धी फाइल मन्त्रिपरिषद्बाट फिर्ता भएको स्वीकार गरेको छ । कृषि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालबाट तत्काल नयाँ प्रस्ताव तयारी पारी मन्त्रिपरिषदमा पेश गर्न निर्देशन भइसकेको मन्त्रालयले जनाएको छ ।
निर्देशन अनुसार नयाँ प्रस्ताव तयार गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।