जनताको मुख थुन्ने कुबुध्दि कसले सिकायो ? : भीम रावल



काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले प्रहरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाको मुख थुनेर बोल्न नदिएको विषयमा आपत्ति जनाएका छन् ।

गत मंगलबार प्रधानमन्त्री प्रचण्ड उपस्थित एक कार्यक्रममा सहभागी युवाले बैंकको ब्याँज घटाउनु पर्ने भन्दै नाराबाजी गरेपछि प्रहरीले युवाहरुको मुख थुनिदिएको थियो । सोही घटनालाई लिएर रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति जनाएका हुन् ।


‘जनताको मुख थुन्ने तथा देश, विदेशलाई हेर्ने आफ्नै विवेकको आँखा थुन्ने तर दलाल पूँजिपति र वाह्य हस्तक्षेपकारीहरूलाई देश, सँस्कृति र राज्यमा दाईँ गर्न खुला छोड्ने ? यस्तो कुबुध्दि कसले सिकायो ?’ रावलले ट्विट गर्दै भनेका छन् ।