खानेपानीमन्त्री न्यूयोर्क जाँदै



काठमाडौँ । खानेपानीमन्त्री अब्दुल खांन अमेरिका जाने भएका छन् । न्यूयोर्कमा चैत ८ देखि १० गतेसम्म सञ्चालन हुने विश्व पानी सम्मेलनमा (वर्ल्ड वाटर कन्फ्रेन्स) मा सहभागी हुन उनी त्यसतर्फ जाने भएका हुन् ।

मन्त्रिपरिषद्को मंगलबार सिंहदरबारमा बसेको बैठकले उक्त सम्मेलनमा सहभागी हुन स्वीकृति दिएको खानेपानीमन्त्री खांनले जानकारी दिए ।


मन्त्रिपरिषद् बैठकले रक्षा मन्त्रालय र वन मन्त्रालयल सम्बन्धी पनि विभिन्न निर्णय गरेको छ ।