काठमाडौं जिल्लाको जनसंख्या सबैभन्दा धेरै, मनाङमा सबैभन्दा कम



काठमाडौं। जनगणना-२०७८ अनुसार सबैभन्दा बढी जनसंख्या काठमाडौंमा रहेको तथ्याङ्क सार्वजनिक भएको छ। आज सार्वजनिक जनगणनाको अन्तिम नतिजाअनुसार काठमाडौं जिल्लाको जनसंख्या सबैभन्दा धेरै २० लाख ४१ हजार ५ सय ८७ छ भने सबैभन्दा कम भने मनाङ जिल्लाको ५ हजार ६ सय ५८ छ।

त्यस्तै मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ धेरै जनसंख्या भएका जिल्लामा परेका छने भने कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा परेका छन्।