उपराष्ट्रपतिमा यादवको उम्मेदवारी कायमै



काठमाडौँ । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ ।

यादवविरुद्ध परेको उजुरीमाथि सुनुवाइ गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी कायमै रहने निर्णय गरेको सहायक निर्वाचन अधिकृत अमृता शर्मा पौडेलले जानकारी दिइन् ।


निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उपराष्ट्रपतिका उम्मेदवार यादवविरुद्ध परेका उजुरीहरू खारेज गर्ने निर्णय भएको जानकारी दिएका छन् । यादवविरुद्ध उपराष्ट्रपतिमा एमालेका उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमतका उम्मेदवार ममता झाले उजुरी दर्ता गराएका थिए ।