उपराष्ट्रपति निर्वाचन : जनमत पार्टीबाट ममताको नाम अनुमोदन



काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिको उम्मेद्वार ममता झालाई बनाउने निर्णय गरेकाे छ । सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी थिइन् । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन गरेको जनाइएकाे छ ।

यसअघि उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि दाबी गरेको  थियो । यस्तै, जसपाले पनि उम्मेद्वारको रूपमा नेता रामसहाय प्रसाद यादवलाई अघि सारेको छ । गठबन्धनमा छलफलको आधारमा छिट्टै साझा उम्मेद्वार तय गरिने बताइएको छ ।