आठ मन्त्रालयसहित उपसभापति खड्काको नेतृत्वमा कांग्रेस सरकारमा जाने



काठमाडौं । नेपाली कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको छ ।

शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा उपसभापति खड्काको नेतृत्वमा सरकारमा जाने सैद्धान्तिक सहमति जुटेको हो ।


यसबारे कार्यसम्पादन समितिको बैठक बसेर यसबारे औपचारिक निर्णय गरिने कांग्रेसका एक नेताले बताए । १० दलीय गठबन्धनमा सहभागी कांग्रेसले यसअघि नेकपा एमालेले सम्हालेको ८ वटै मन्त्रालयमा दावी गरेको छ ।

कांग्रेसले ८ वटा मन्त्रालय पाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भइरहेको नेता रामहरि खतिवडाले बताए ।