आईसीसी विश्वकप लिग–२ : पीएनजीविरुद्ध नेपालको शानदार जित



काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्ध नेपालले शानदार जित हात पारेको छ । आज त्रिवि मैदानमा भएको खेलमा नेपालले ९ विकेटले पीएनजीलाई पराजित गरेको हो ।

पिएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षति भेट्टायो । ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५१ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुवात गरेका थिए ।


कुशल भुर्तेल ३३ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कुशलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे । आशिफ शेख ५३ र कुशल मल्ल १२ रनमा नटआउट रहे ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी.३२ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो ।

पीएनजीलाई कम स्कोरमा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै २५ रन खर्चे ।

ललित राजवंशीले २ विकेट झारे। ललितले ७ ओभरमा १ मेडन राख्दै १३ रन दिए। कुशल मल्लले २ विकेट झारे। सोमपाल कामीको नाममा एक विकेट रह्यो।

स्पिनर सन्दीप लामिछानेले सेसे बाउलाई १८ रनमा बोल्ड आउट गराए । हिरि हिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए ।

अर्का अ‍ोपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए। कप्तान असद भाला २० रन बनाउँदा सन्दीपको बलमा ललितको हातबाट क्याच आउट भए ।

चार्ल्स अमिनी १६ रनमा सन्दीपको बलमा ललितकै हातबाट क्याच आउट भए । रिले हेकुरे ४ रन बनाउँदा ललितको बलमा क्याच आउट भए ।

नोर्मान भनुवा शुन्य रनमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरिको हातबाट क्यच आउट भए। हिला भनुवा ७ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए । कवुवा मोरिया १ रन बनाउँदा कुशल मल्लको बलमा भिम सार्कीबाट क्याच आउट भए ।