सोनु निगमको बुबाको घरबाट ७२ लाख चोरी, पूर्व चालक पक्राउ



मुम्बई । भारतीय गायक सोनु निगमको बुबाको घरबाट ७२ लाख चोरी भएको छ । निगमको बुबाको घरबाट भएको सो चोरीका मामिलामा उनका पूर्व ड्राइभर अगम कुमारलाई गिरफ्तार गरिएको छ ।

गायककी बहिनी निकिताले मुम्बई प्रहरीमा उजुरी दिएपछि यो मामिला बाहिर आएको हो । अगमकुमार गायक निगमका आठ महिनासम्म ड्राइभर थिए । राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडि निकालिएको थियो ।


निगमको डिजिटल लकरबाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो । निगमको घरबाट ठूलो रकमको पैसा हराएपछि सीसीटीभी फुटेज हेरिएको थियो, जहाँ अगमकुमारले दुवै पटक ठूलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो । क्राउ परेका उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरी समक्ष स्वीकार गरेको सञ्चार माध्यमहरुले लेखेका छन् ।