सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य बढेको छ । छापावाल सुन प्रतितोला १ हजार रुपैयाले बढेर १ लाख ६ हजार ७ सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य पनि १ हजार रुपैयाँले बढेको छ । तेजाबी सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।


त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।