सुनको मूल्य एकैदिन तोलामा १७ सयले बढ्यो, कतिमा हुँदैछ काराेबार ?



काठमाडौँ। आइतबार स्थानीय बजारमा सुनको मूल्य १ हजार ७ सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । उक्त सुन यसअघि तोलाको १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।


यसदिन तेजाबी सुन तोलाको १ लाख ३ हजारमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ। चाँदी तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ६७ रूपैयाँमा कारोबार भइरहेको छ।