साउदी अरबले सौहार्दपूर्ण वार्ताबारे सकारात्मक सङ्केत पठाएपछि इरानले साउदी अरबसँग द्विपक्षीय सम्बन्ध सामान्यीकरणका लागि थप वार्ताको स्वागत गरेको जनाएको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद् (एसएनएससी) सँग सम्बद्ध नूर न्यूजले इरान वार्ताको निरन्तरताको स्वागत गरेको जनाएको छ ।
साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहान अल साउदले लण्डनमा पत्रकारहरूसँग कुरा गर्दै साउदी अरब इरानसँग वार्ताका लागि तयार रहेको बताएका हुन् ।
साउदी अरबले सन् २०१६ को सुरुमा इरानस्थित साउदी कूटनीतिक नियोगमा एक शिया धर्मगुरुलाई मृत्युदण्ड दिएपछि भएको आक्रमणको प्रतिक्रियास्वरूप इरानसँग कूटनीतिक सम्बन्ध तोडेको थियो ।
द्विपक्षीय सम्बन्ध सुधार गर्न र क्षेत्रीय तनाव कम गर्न इराकको मध्यस्थतामा सन् २०२१ मा इरान र साउदी अरबबीच चार चरणको प्रत्यक्ष वार्ता आयोजना गरिएको थियो भने गत वर्ष अप्रिलमा पाँचौँ चरणको प्रत्यक्ष वार्ता आयोजना गरिएको थियो ।