सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन, दिउँसो ३ बजेसम्मका लागि स्थगित



काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालय भागबन्डा गर्न बुधबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धन बैठक बिनानिष्कर्ष टुंगिएको छ । मंगलबार पनि निष्कर्षविहीन भएपछि बुधबार बिहानलाई राखिएको बैठकले पनि सहमति जुटाउन सकेन ।


आज दिउँसो ३ बजे बैठक बस्नेगरी सकिएको छ । आजको बैठकले मन्त्रालय भागबन्डा, सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रमसहितका विषयमा सहमति जुटाउने भनिएको थियो ।