कठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधान र कानूनले निर्देश गरेका विषय प्रदेशमा हस्तान्तरण गर्न सङ्घले कुनै कन्जुस्याइँ नगर्ने बताएकी छिन् ।
मन्त्रालयद्वारा आज आयोजित अन्तक्र्रियामा उनले भनिन्, “आगामी नीति तथा कार्यक्रम र बजेट निर्माणका विषयमा पनि प्रदेशसँग समन्वय गरी सूचना तथा सञ्चार क्षेत्रका योजनालाई समन्वयात्मक हिसाबले अगाडि बढाउनुपर्ने हुन्छ, सूचना प्रविधिको युगमा सेवा प्रवाहलाई सरल बनाउन सहकार्य गरेर अगाडि बढौँ ।”
सरकारका प्रवक्ता शर्माले सेवा प्रवाह हुने क्षेत्रमा टेलिकमको सेवा विस्तारलाई प्राथमिकता दिनुपर्ने बताइन। अन्तक्र्रियामा प्रादेशिक तहमा सूचना तथा सञ्चारको क्षेत्रमा अधिकार बाँडफाँट र कार्यान्वयनमा देखिएका जटिलताको समाधान खोज्ने प्रयास गरिएको थियो ।