संयुक्त परमाणु बनाउने अमेरिका, बेलायत र अष्ट्रेलियाको योजना



अमेरिका, बेलायत र अष्ट्रेलियाले संयुक्त परमाणु पन्डुब्बी बनाउने योजना बनाएका छन् । यो योजना सार्वजनिक भए लगत्तै चीनले यसलाई गलत बाटो भनेको छ ।

एसिया प्रशान्त क्षेत्रमा चीनको प्रभावलाई सीमित गर्नको लागि तीन देशले यो योजना ल्याएको बीबीसीको खबरमा उल्लेख छ ।


तीन देशको सहमति अनुसार अष्टे«लियालाई कम्तिमा पनि तीन वटा परमाणु संचालित पन्डुब्बी अमेरिकाले दिनेछ । यो अष्टे«लियाको पहिलो परमाणु पन्डुब्बी हुनेछ ।

चीनले भने यो सम्झौताको कडा विरोध गरेको छ । तीन देश बीचको सहमति गलत बाटोमा जाने तयारी भएको चीनको टिप्पणी छ । चीनले तीन देश खतरनाक बाटोमा गएको आरोपसमेत लगाएको समाचारमा उल्लेख गरिएको छ ।