विद्रोही समूहकाे आक्रमणमा कङ्गोमा उन्नाइस सर्वसाधारण मारिए



प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा विद्रोही समूहले गए राति गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ ।

उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका गभर्नर कार्ली न्जान्जुले आज पत्रकारलाई बताउनुभएको हो ।


एलाइड डेमोक्रेटिक फोर्सका विद्रोहीले स्वास्थ्य केन्द्रसहित गाउँका धेरै भवनमा आगजनी गरेका छन् । दशकौँदेखि बेनी क्षेत्रमा सक्रिय उक्त समूहले नागरिकलाई लक्ष्य गर्दै बारम्बार आक्रमण गर्दै आएका छन् ।