राष्ट्र बैंकद्वारा २०८० सालमा बैंक तथा वित्तीय संस्था बिदा हुने दिनको सूची सार्वजिनक



काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८० सालमा बैंक तथा वित्तीय संस्था बिदा हुने दिनको सूची सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीअनुसार २०८० सालमा ४५ दिन बैंकिङ सेवा आंशिक एवम् पूर्ण रुपमा प्रभावित हुनेछ।

२०८० मा नयाँ वर्ष र अन्तर्राष्ट्रिय मजदुर दिवसमा बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द हुनेछन् । त्यसैगरी दशैंमा ६ दिन र तिहारमा पनि ५ दिन बैंक तथा वित्तीय संस्था पूर्ण रुपमा बन्द रहनेछन् ।


इन्द्रजात्रा, भोटोजात्रा, गाईजात्रा, घोडेजात्राका दिन काठमाडौं उपत्यकामा बैंकिङ कारोबार बन्द हुनेछ ।

फागु पूर्णिमाका दिन पहाडी र हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराईका जिल्लामा सीमित बैंकिङ कारोबार हुनेछ ।

२० दिन भने बैंकहरुले नगद भुक्तानी इसिसी, सार्वजनिक ऋण व्यवस्थापनलगायका आकस्मिक बैंकिङ सेवा बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन गर्नेछन् ।