राष्ट्रपति पौडेलद्वारा कांग्रेसबाट अलग भएको घोषणा



काठमाडौँ । राष्ट्रपतिमा निर्वाचित भएपछि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी परित्याग गरेका छन् ।

गत बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका उनले पद तथा गोपनीयताको शपथ लिनुअघि आइतबार कांग्रेस परित्याग गरेका हुन् ।


आइतबार उनले आफ्नो सहयोगीमार्फत कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी कांग्रेसबाट राजीनामा दिएका हुन् । आफ्नो सहयोगीमार्फत पौडेलले राजीनामा पत्र बुझाएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिने र पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।