रामसहाय यादवले बुझाए आफू विरुद्धको उजुरीमाथिको प्रष्टिकरण



काठमाडौँ । उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय यादवले राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनु नपर्ने जवाफ दिएका छन् ।

आइतबार निर्वाचन अधिकृृतको कार्यालय पुगेर यादवले आफ्नो उम्मेदवारीविरुद्ध परेको उजुरीको जवाफ दिँदै राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिंगको हुनुपर्ने व्यवस्था संविधानमा नरहेको दाबी गरेका हुन् ।


प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा फरक लिंगको हुनुपर्ने स्पष्ट व्यवस्था भएको तर राष्ट्रपति र उपराष्ट्रपतिको हकमा भने त्यो व्यवस्था नरहेको यादवको जवाफमा उल्लेख छ ।

जवाफ पेस गर्दै यादवले संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व गर्नुपर्ने भन्ने व्यवस्था रहेको र ‘वा’ भन्ने शब्दले विकल्प दिएकोले आफू उम्मेदवारको लागि योग्य भएको दावी पेस गरेका छन् ।

उनले संविधानको धारा ७०, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐनको दफा १६ को ५ मा भएको व्यवस्थाअनुसार आफू राष्ट्रपति निर्वाचित ब्यक्तिभन्दा फरक समुदायको मधेशी भएको जवाफ पेस गरेका छन् ।