राप्रपाको पदाधिकारी बैठक बस्दै, यस्ता छन् एजेण्डा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पदाधिकारी बैठक बोलाएको छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरि बोलाएको हो ।

बैठकमा वैशाख १० मा तनहुँ १, चितवन २ र बारा २ मा हुने उपनिर्वाचनबारे छलफल हुने पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


साथै केही समय पछि हुने केन्द्रीय समिति बैठक तयारीलगायत पार्टीका सांगठानिक र विविध विषयमा पनि पदाधिकारी बैठकमा छलफल हुने उनले बताए ।