रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकुहरूले पूर्वी युक्रेनी सहर बाख्मुतलाई घेरेको दाबी गरेका छन् । यस सहरलाई रुसले महिनौँदेखि कब्जा गर्न खोजिरहेको थियो ।
“वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुतलाई घेरेका छन्, सहर छोड्न एउटा मात्र बाटो बाँकी छ”, रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले भने ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई उक्त सहरबाट पछि हट्नसमेत आह्वान गरेको जनाइएको छ ।